यस महामारीको समयमा सूचना तथा जानकारीको अभावका कारण हामीले झेल्नु परेको विभिन्न समस्यालाई केही सहज बनाउने हेतुले ने.ई.ए बागमती प्रदेशले आधारभुत अध्ययन गर्दै सूचना प्रवाहिकरणका लागि http://helplinenp.org संचालनमा ल्याएको छ । हाल कोभिड१९ को महामारी बीच आवश्यक विभिन्न सेवा (अक्सिजन, एम्बुलेन्स, औषधि, खोप, हवाईसेवा आदि ) सम्बन्धी सूचना तथा जानकारीहरूलाई एकीकृत तथा सहज तरिकाले पहुँच पुग्नेगरि helplinenp.org को Beta Versionको शुभारम्भ गरिएको छ । त्यस्तै गरि हाल विभिन्न समूह, संस्थाहरु द्धारा संचालित विभिन्न सेवाहरु (https://covid19.mohp.gov.np/, https://covidconnectnp.org/, http://plasmaconnect.org/, आदि) समेत यस पोर्टलबाट हेर्न र रिडाइरेक्ट गर्न सकिनेछ । महामारीको बेलामा सबै पक्षको सहयोगलाई आत्मसाथ गर्दै एकीकृत ढङ्गले बढी भन्दा बढी सेवा प्रदान गर्न सबै पक्ष एकबद्ध भई जुट्न समेत हार्दि अपिल गर्न चाहन्छौं ।
यस कठिन अवस्थामा सम्पूर्ण ईन्जिनियर तथा आर्किटेक्टहरु एकताबद्ध भई यस महामारी बिरुद्ध लढ्नका लागि आवश्यक सहयोग गरिदिनुहुन र यस अभियानमा जोडिन समेत नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेश हार्दिक अनुरोध गर्दछ ।