वेदनाको संजाल

  • 0

वेदनाको संजाल

Category : Articles

bedana
यो मन आशा एवम् सपनाले भरिएको थियो । जिन्दगीमा केही प्रगति एवम् कुशल कार्य गर्ने मन थियो । कसैको सन्देह, डाढ नगरी जीवन चलाइरहेको थिए । अनुहारमा प्रकृतिको मीठो मुस्कान, बोलीचाली र हाउभाउमा सुगाको गुण, आदिहरुले गर्दा जीवन एउटा वरदान जस्तो लाग्दथ्यो । अन्धकारमय जीवनमा रुमल्लिएर जीवनको अर्थ बुझ्न नसकेकाहरुलाई म स्वयम् आफैंबाट सचेत गराउदथें । टोलछिमेक र बाहिरी, भित्रीमा सबैको प्यारो थिए । साथीभाई र भाइबन्धुमा राम्रो तालमेल थियो । लाग्दथ्यो कि यो संसार केवल मोजगर्ने थलो हो । र त्यसै गरी आफ्ना अघिपछिका सज्जन प्राणीहरुलाई हेर्दा यस संसारमा कुनै नराम्रा पक्षहरु छैनन् जस्तो लाग्दथ्यो । जीवन चलिरहेको छ …………
जीवनको गोरेटे भनेको कहिल्यै नमेटिने गन्तव्य रहेछ । यही क्रममा बिस्तारै हिंड्दा–हिंड्दै पनि काँडाहरुले छोड्दा रहेनछन् । तर यी काँडाहरु नभए जिन्दगीको वास्तविक मजा नहुने रहेछ । यही क्रममा मैले पनि जीवनलाई आभाष गर्न पुगे । जीवनमा सुखको मात्र अस्तित्व नहुने रहेछ । भन्निछ –मानिस बाचिरहनु मात्र पर्छ, उसले जीवनका तीता सत्यहरुलाई रोचक, घोचक एवम् चोटक ढङ्गले हेर्न पाउदछ र सिक्न पनि जान्दछ । त्यसैले बल्ल अब जीवन जिउन थालेको छु…….
यो संसारले परिभाषित गरेको जीवनका गन्थनमन्थनहरु …….. जीवन एउटा खेल रहेछ । जहाँ सुख छरिरहेको हुन्छ र दुखको ढिक्को रहेको हुन्छ । जसले छरिएको सुखलाई आत्मसाथ गर्न जान्दछ, ऊ सबैको प्यारो हुन्छ एवम् मायाले पुरस्कृत हुन्छ । त्यसैले,सानो चीजबाट पनि आन्नद लिई अरुलाई हसाई आफु बाच्ने गर्नुपर्दछ ।”
हि…..यो दृष्टान्तका कुरा नि के गर्नु………

सूर्यले आफ्नो कार्य सकाएर आराम गर्न र भोलि पल्टकोलागि नयाँ बिहानी ल्याउन क्षितिज काटि सकेछ । चारैतिर बैगुनीको संसार जस्तो अन्धकार छाएको छ । त्यसको लागि नेपाल विद्दुत प्राधिकरणलाई मेरो तर्फबाट मुरी– मुरी धन्यवाद दिन चाहन्छु जसले हामी धनी नेपालीलाई थप लोड्सेडिङ्गमा पनि धनी बनाइदिएको छ ।
यता मैदानतिर हिड्ने क्रममा थिए । स–सना जुन्किरीहरुले मेरो नयनको काम गर्दै थिए । अनि बिस्तारै मेरो मनमा पनि चम्किला दीपहरु जल्न लागे । प्रफुल्लित मनले मेरो जीवनको नक्सा कोरेझै लागिराखेको थियो । तर यो अन्जान मनलाई के थाहा, कहा “के हुने वाला थियो भनेर ?………..
यतिकैमा एउटा पदार्थ अनतरिक्षबाट झरेकोे सुइको यी ठाडा कानबाट पाए…
अनि म त कता पो हराउन पुगेछु । कहिल्यै मोहित एवम् लालाहित नहुने मान्छे, कुन्नि के भएको हो ! कतैतिर हराएको छ र प्रकृतिलाई अङ्गालो हाली आराम गर्दै छ ।

यतिकैमा केही दिन मस्तसँग रमाई जीवन चलाएको थियो । जीवन मात्र होइन सुखीमय जीवन ! बेलाबखत दुई हात फैलिन्छन् र मुख खुला हुन्छ । प्रकृतिमा हुर्केका रुखहरु पनि साथसाथै रमाउदै छन् । रुखका पातहरुलाई पनि जवानी चढ्दै छ ,पुराना पातहरु भस्म भई पुर्णजागरणका क्रममा छन् । एउटा छुट्टै दुनियाँ परिकल्पना भइसकेको छ । मनलाई आकर्षित हुनबाट वञ्चित गर्न कुनै बलले पनि सकेको छैन । तर यति सब हुदाँ पनि मनमा आत्मग्लानि एवम् गलत गरेछु भन्ने लागेको छैन । त्यसको सट्टा सुनौलो संसारको परिकल्पना भएको छ ,जहा केवल खुशी मात्र नभई सर्वाधिक खुशीको आभाष गर्न सकिन्छ । के म यसको सागरमा डुब्न थाल्दै छु ?
ओहो ! मेरो जीवनमा युगान्तकारी परिवर्तन हुदै पो रहेछ । आत्मीयसुखको थप अनुभूति गर्दैछु । ऐक्लिक सुखमा “कोही”लाई राख्न पाउँदा यो मन प्रफुल्लित छ । लाग्दछ, स्वर्गको सारा खुशी र रमाइलो मेरो जीवनमा पुरस्कार स्वरुप आएको छ । नयन खुला होस् वा बन्द, त्यसको पर्वाह छैन । ती गाजलु आँखा, गहुगोरो वर्ण, खाइलाग्दो गाला, सर्लक्क परेको च्युडों,के के भनौं …….! शारिरीक रुपमा मात्र नभई हरेक पक्षमा सुख देख्दै छु । एक्लोपन शब्द, शब्दमालामा बस्न लायक छैन भन्ने विचार मनमा खेलेको छ । मेरो संसार बदलिदो छ ………….!

हरेक दिनको शुरुवात उनीबाट गर्न खोज्दछ यो मनले । तीता कुरा एवम् पीडाहरु देख्न छाडेको थुप्रो भइसक्यो । यो संसार कसरी चलिरहेको छ? पत्तो छैन । आफ्नै दुनियाँमा रम्दै छु । निद्राको समय छैन, भोकको पत्तो छैन । कतिले पागल पनि भन्ने गरेका छन्, भन्ने चस्का मेरो कानमा पनि परेछ । हिजो त,तरकारीमा नुनको साटो चिनी पो हालेथिएँ । फेरि एउटै सपनामा झुमेको पाउछु । खोइ के हो के हो …!
यस्ता हलचल ममा भईसके, तर प्रमुख मान्छेलाई नै भनेको छैन । उसको अगाडि जानासाथ हृदयमा कहालि लाग्दो हुरीको वेग चल्न थाल्दछ, अनुहारमा अचानकः द्रूत गतिको मधुरमुस्कान आउँछ । झन् उनी पनि हाँसिदिएपछि त, के भनौं ……………..! सारा संसार नै कायल एवम् घायल हुन्छन् उनलाई देख्नासाथ । सोच्दै छु, जीवन शुरु भयो भनेर …!

बिस्तार–बिस्तारमा सम्बन्ध अलिक गाढा हुँदै गयो । उनीबाट नै आफ्नो हृदयको धड्कन शुरु हुन्छ र उनलाई नै “नेचुरल पेसमेकर” मानी सकेछु । झन् यो विज्ञान् र प्रविधिको त मुख्य योग्दान छ । फोन गर्ने हिम्मत नभएपनि फेसबुक वा मिग३३ गर्यो , क्षणिक खुशीमा रमायो । शुरुमा त हाई, हेलो जान्छ, अनि त कुरा नै सकिन्छ । ओहो किन गफ नआएको भन्दै आफैलाई गाली गर्न थालिन्छ । त्यसपछि अन्य नै हावा वा बेमतलबी कुरा गरी Hehe गर्दै ताल न सुरको गफमा भुलिन थालिन्छ । ओहो, facebook, Twitter र mig33 को प्रसंङ्ग त झण्डै बिर्सेको । ओठ निर्चदा दूध आउने उमेरमा खुब जोश र जागर चढेको छ । Facebookमा त अझ नयाँ–नयाँ Status र Twitter मा Tweet गर्दै आनन्द लिइन्छ । झन् हातमा camera भएपछि त facebookमा फोटो कारोबार शुरु हुन्छ । यसो नौटंकी फोटो राखी उनलाई देखाउने प्रयासमा लागिन्छ । अब Mig33 को त कुरै नगरम,बिहान उठेदेखि बेलुकि नसुतेसम्म । जे–होस् माध्यम चाहिं गतिलै छ ।

बदलिंदो समयमा बदलिदो परिस्थिती आउनु त स्वभाविकै रहेछ । अब भने प्रकृतिमा रमेका रुखहरुले आँशु झै पातहरु झर्न थाले । हलुका चिसो बढेको अनुभूति हुँदै थियो । तर जीवनमा त न्यानोपन एवम् आत्मियता झल्किई सकेको थियो र त्यस्ता बाहिरी संसारप्रति वास्ता घट्दै जाने क्रममा थियो । दिनदिनै मनमा भएका कुरा व्यक्त गर्ने भोक बढ्दै जान थाल्यो र पखाईको दुनिया शुरु भयो ।


प्रकृति उजाड भए पनि राम्रो लाग्दै छ । अनुहारमा मधुरमुस्कान हरदम रहन्छ । फेरि यस्ता कुराहरु आफूभन्दा ठुलाले थाहा पाउलान् कि भन्ने, कत्रो डर । यस्तै क्रममा आफूलाई खोइ कुन्नि, के के हो के-के संग दाज्न थालिन्छ । तर बिस्तारै बिस्तारै मनमा विभिन्न तरङ्गहरु चल्न खोज्दछन् । एकचोटि मनमा दबिएको आवाज प्रस्तुत गर्न पाएः सुनमा सुगन्ध झैँ हुन्थ्यो जस्तो लाग्छ । तर यही क्रममा, आफूमा भएका नराम्रा गुणहरु यो मस्तिष्कले कहाँकहाँबाट सोच्न थाल्दछ । तसर्थ मनमा ज्वालामुखिको जस्तो वेग चल्न थाल्दछ । तर कसलाई के थाहा कि, यो एकतर्फे सञ्जाल हो भनेर ।
बिस्तारै बिस्तारै आफू कम्जोर भएको जस्तो लागिरहेको छ । आफूसरहको मित्रले पनि आफ्नो कुरा बुझ्दैनन् ,उनीहरु आफूलाई खुब टर्पटु¥या झैँ अगाडि बढाउन खोज्दै छन् । त्यसैगरी मेरो बारेमा विभिन्न हावा कुरा लगाई भाड्ने काम गर्छन् । यसै क्रममा मैले मानिसको चरित्र एवम् प्रकृतिकोबारेमा राम्रोस“ग जान्न पाए । मानिसमा हुने फरक एवम् स्वार्थको खुलारुपमा दर्शन पाए । असल मित्र ठान्नेहरुले पनि मलाई तल्लो देखाउने प्रयासमा एकजुट हुन लागे । अनि बिस्तारै होश र जोशको आवेगमा आई शन्तुलन गुमाउन पुगे । सो टर्पटु¥याहरु मौकामा टेढिएर धेरै माथि पुगिसके छन् । म चाहिँ आफूलाई कालीगण्डकीको ढुङ्गा झैँ दाज्न थालेंथे । तर उक्त स्थानमासमेत धोका पाए … एक्लिएको अनुभव हुन थाल्यो ।
यी सब कुराले मेरो मनमा भयङ्कर अग्लो पहाड बनिसकेछ । यी कुरा उनलाई भनौ कि नभनौ भएको छ । तर यो भनेर आफूलाई उनकोसामू तल पार्न सक्दिन । मस्तिष्क र हृदयबीच द्वन्द चर्किन थालेको छ । थप समस्या नहोस् भनेर मनमा उनीप्रतिको सम्पूर्ण भावनाहरु प्रकट गर्ने मानसिक्ता बनाए । र एकदिन यसको हिम्मत जुटाए …….
बाहिर सिमसिमे पानी पर्दै थियो , तर तयो मुसलधरे वर्षामा परिणत भएछ ।

न्यानो खाटमा सुती, ल्यापटप खोली अनलाईन बसे … भाग्यवस्….. उनीसग भेट भयो । मनले चाहेको हरेक कुरा प्रकट हुन थाल्यो । चैत्र २२ को हुरीले मेरो ठाडो कान हल्लाउदै थियो । तर पनि हिम्मत जुटाएर एकदम श्रद्घा एवम् चाहनाको साथ प्रस्ताव राखिदिए ….. एकछिन लाग्यो कि, अचानक घाम उदाउन थाल्यो भनेर । तर………
खोइ के भएको यो । पारी डाँडाबाट काला बादलका लस्करहरु मप्रति आउन थाल्दा चारैतिर अन्धकार छायो । पसिना बाल्टिनका–बाल्टिन झर्न थाले । … र ल्यापटपको कालो स्क्रीनमा इलेक्ट्रोन आएर क्याथोड्-रे टयुबसँग ठोकिई एउटा ठूलो जवाफ आयो । एकै झट्कामा त्यो जवाफ पढें ।
मुस्लधारे वर्षाले बाहिर बाढी एवम् पहिरो निम्तयाइसकेछ । अचानक ल्यापटपको चार्ज पनि सकिएछ र नपाली लोड्सेडिङ्गले आफ्नो जादू बिखर्दै छ ।
दिउसो २ बजे नै घाम अस्ताएको जस्तो लाग्यो । सिरानी आफै उठेर मतिर आयो । पसिना भनिठानेको पानी त आखाको मुहानबाट निस्किएको आँशु पो रहेछ ।
कतिऔ थोपा आँशु, तप्प तप्प……..

ओहो चैत्र महिनाले पनि घुडा टेकिसकेछ । नयाँ वर्षको चहलपहल लाग्न थालेको छ । जीवनको नया शुरुवात गर्ने अठोट लिई सबै अगाडि बढ्न थालेका छन् ।
ओहो ती टर्पटु¥याहरु फेरी चम्किन थालेका छन् । अरुको अाँखामा छारो हाली, आफूलाई बिक्री गर्ने क्रममा छन् । मलाई वास्ता छैन अब ………..

मनको घाउ निको नभएको नै रहेछ । सधै अनुहारमा मीठो मुस्कान देखिन्थ्यो, तर त्यो अनुहारको मृत्यु भइसकेको छ ।…… समय बित्दै छ ……

बाहिर तातो, न्यानो र रहरलाग्दो चम्किलो घाम उदाइरहेथ्यो । तर मेरो लागि त्यो सूर्यले डाँडो काटीसकेको रहेछ । अन्धकारमय जीवनमा हराउन थाले । उफ् …… के कुरा गर्ने ।
हृदयको पक्षले अझै पनि आशा बोकेको छ । तर मस्तिष्क कठोर बनिसकेको छ । के गरेर यो मस्तिष्क र हृदय दुवैले सुख पाउछ ?
(जीवन चल्दै छ र म यसलाई खुब बझ्ुदै छु…..)
(केही दिनपछि मन कठोर हुनपुगेछ ।)

आज यत्रो हुलमा पनि एक्लो छु जस्तो महसुस भईरहेको छ । लाग्दछ , आज मैले मेरो जीवनका अनमोल र मीठा रसहरुलाई विदा गरे । तिमीसँगको विछोडपछि यो जीवन नै बेवास्ता, बेमतलवी जस्तो लागि रहेछ । यो विशााल, सुन्दर प्रकृति पनि ओइलाएको जस्तो महसुस हुदैंछ । सूर्यले पनि आफ्नो कार्य नगरी अन्तै सुइकुच्चा ठोकेजस्तो लागिरहेछ । यस अन्धकारमय जीवनमा मेरो अस्तित्व भनेको केवल रुमल्लिएर र रोएर बस्ने जस्तो भएको छ । यताउता चारैतिर हेर्छु, हिजोको दिन याद गर्छु, तिमीसँग बिताएका हरेक पलहरु सम्झन्छु तर चिसो वेग आई मेरो मनलाई त्यसले पखाल्दछ र म फेरि अन्जान बनी कुन दुनियाँमा तिमीलाई सम्झ्दिै हराउन थाल्छु । तिमीलाई खोज्न थाल्छु तर तिम्रो कडा बानी व्यवहार सम्झी डराउछु । एकपल लाग्छ, तिमीलाई विदा गर्नु मेरो जीवनको सफलता हो । तर तिमीबिनाको संसारलाई नियाल्दा म एकदमै भावुक हुन्छु ।
यस नयनबाट कतिऔं धारा बग्दछन् । ती धाराले तिम्रो यादको अझ स्पष्टीकरण खोज्न थाल्दछ । म आफैंमा पनि प्रश्न गर्छु र आफूलाई तिमीसामु दाज्न थाल्छु । तर त्यति नै खेर मेरो हृदय चक्नाचुर भई आफूलाई सानो एवम् नीच ठान्दछ । तिम्रो हरेक चालचलन, बानी व्यवहोरा अगाडि मेरो अस्तित्व बेकार लाग्दछ । तिमी रम्दाखेरि यो प्रकृति कति मजासँग चल्दथ्यो । हरेक पदार्थले तिमीबाट केही सिक्न खोज्दथ्यो । र म पनि यिनैहरुसँग मिलि तिमीलाई पछ्याउन थाले । तर कस्तो विड्म्बनाले गर्दा मैले तिम्रो साथ पाउन सकिन । यसो हेर्दा मेरो मन नरोएको होइन, आशँु नझरेको होइन । बेलाबेलामा लाग्दछ कि, यो जीवन तिमीलाई समर्पित गर्न नसक्दा यसको अस्तित्व नै छैन भनेर । तर पनि यो संसार चलाउन, तिम्रो गुणगान गरेर हरेक जीवजन्तुमा एउटा अमर सङ्कल्प फैलाउदै जीवन बिताउदै छु । र अब सायद कुनै किसिमको काल आए पनि मलाई फरक पर्दैन । मैले तिमीलाई पाउन नसके पनि, यो जीवन हमेशा तिम्रोलागि नै बनेको छ । तिम्रो यादबिना मेरो आत्मामा चेतना भरिंदैन । मेरो यो चोखो माया कहिल्यै मर्ने छैन । हाम्रो मिलन यस जीवनजगत् मै नभए पनि मेरो प्रेमको तागतले अब कोही पनि अधुरो र एक्लो बस्न नपरोस् भन्ने सङ्कल्प राख्दै यस आत्मालाई मुक्त बनाउन चाहन्छु ।

(एउटा सोझो, आफैमा रमाउने व्यक्ति, यसरी पागलप्रेमीको रुप धारण गर्दछ ।) जीवन हेर्दै जानुहोस् ……..


(उनको अस्तित्वलाई आफूमा अमर राखी जीवन बिताउने क्रममा थिए । तर कुन्नि के भयो….. सकिन । आफूलाई एक्लिएको महशुस गर्न थाले … अनि त यो मनमा शुरु हुन थाले विचारका द्वन्दहरु ….)
हे आज थाहा पाए, कति टुटिसकेछु भनेर । कतिऔं सिरानी आँशुले भिजिसकेछ भनेर र यो मन एक्लि सकेछ भनेर । हरेकदिन एउटा आशाको किरणको प्रतिक्षामा बस्दथे । तर यो आशा निराशामा बदलिएको पत्तो थिएन । तर आज कुन मनको विरहले गर्दा मेरो होश र सिमा केही रहेन । कुन्नि के को आवेगमा आए । तर फेरी पछि सोचे, यो त आवेग होइन चेतना नै रहेछ । यो चेतनाको विकिरणले मेरो जगत्मा स्थान खोजि रहेको रहेछ । सब तिम्रो बानी–व्यवहोरा, म प्रतिको आस्थालाई नियाल्दा खेरि मनले डाँको छोडेर रुन खोज्यो, तर अब चेतनालाई आÏनो जीवनमा हस्तानतरण गर्ने बिचारस मैले गरिसके जस्तो लागिरहेछ । आज जीवनको अन्तिम एवम् संवेदनशील घडीमा छु । अब कसैकसैबाट आशा नभए पनि यस कार्यबाट निकै नै आशा गरेको छु । खोइ कर्मअनुसारको फल पाइन्छ भन्ने कुरा त तितो सत्य नभई तितो झुठो भैँ लाग्छ । तै पनि हेरौं यस दुनियामा एक्लो एवम् पछि परेकोलाई समाजले कतिको स्वीर्काछ एवम् कतिको सफलता र सुखी दिन्छ । त्यसैले अब एकदम नयाँ संसार परिकल्पना गर्न जा“दैछु । यो नयाँ संसारमा तिम्रो अस्तित्वको बारेमा मलाई नै थाहा छैन । यदि मनले सुइको पायो भने मनको ग्रह शान्ति हुनेथ्यो ।
“तिमी विशाल नदीको एक किनारामा छौ भने अहिले म ठीक त्यसको अर्को किनारामा छु र हाम्रो भेट कुनै ठूलो बाढी वा पहिरोले मात्र गराउन सक्छ । तर म आशा गर्छु त्यस्तो कुनै बाढी वा पहिरो कहिल्यै नआओस्, बरु त्यसको सट्टा तिमीलाई एउटा असल माझी मिलोस् जसले तिमीलाई सारा नदी घुमाई खुब मोहित गर्न सकोस्” । यदी म व्रह्मा भइदिएको आँखा चिम्लिएर “तथास्तु” भन्ने यिएँ, त्यही पनि आशा चाहीँ अव्श्य गर्ने छु । ”
भयो फेरि यहि कुरा दोहो¥याउन चाहन्न ।
( अब प्रतिक्षा गर्दछु ………………………………..)

आखिरमा जीवन नै त हो । …….. चल्ने रहेछ (पिडा लुकाएर भएपनि) । तर मानिस गतिशिल पात्र रहेछ यो संसारमा । ………..

यहि क्रममा, एउटा नयाँ फड्को मार्ने हिसाबले मैदानमा ओर्लिएको छु । अब त साथदिने मित्रको सोच, सपनामा पनि आउ“दैन । लाग्दछ, बलियो भएको छु भनेर । टर्पटु¥याहरुलाई अझै पनि भेटिन्छन् तर कुनै वास्ता एवम् फिकर छैन । म सोच्दैछु “मैले जानेका कुराहरु सबै यो संसारले जानेको छ र मैले नजानेको कुराहरु पनि यस संसारले जानेको छ भनेर” जसले मलाई अगाडि बढ्न सिकाइरहेछ र घमण्डबिनाको संसार परिकल्पना गर्न सिकाएको छ ।” त्यसैले यो द्रूत गतिमा चलिरहेको संसारसंग हातेमालो गर्न तत्पर भएको छु…………।

बदलिदो मौसम , बदलिदो व्यवहार,बदलिदो दृष्टिकोण र बदलिदो सम्झौता हाबि हुदै गएको छ । मानिसहरु क्षणिक खुशीमा रमाउ“दै छन् । सपना र लक्ष्य निष्पक्ष आभाष गर्न खोज्दैछन् ।
तर मलाई थाहा छः “अनजान प्राणीले बाटो भुलाएझै” यो बैगुनी संसारमा मैले पनि आफनो विततका कुराहरु भुलाएर अगाडि बढ्दै छु भनेर । मौकामा टेढिनेहरुले बरु दुनिया हल्लाउन थाली सके तर जानीसके मैले पनि यो काँडा नै काँडा भएको संसारमा जिउन । म पनि टेढिन खोज्दै छु । एउटा हातमा चुनौति, अर्को हातमा अर्जुनको निशाना जस्तो अडिक पात्रहरु लिई, म पनि उर्लिए यो नया“ मैदानमा ……..
पहिलेको जीवन र अहिलेको जीवन नियालेर हेर्दैछु । पहिले व्यक्तिगत स्वतन्त्रता , अटलताको जिन्दगीलाई सम्झदै यो शीर ठाडो हुन्छ । तर अहिलेको गुलामी र चाकरीको दुनियाँमा भने उन्नति–प्रगति पाउ“दै छु । मच्चिएको पिङ्गजस्तै चल्दै छ जीवन ।

जीवनको व्यस्तता र सफलताको अलिक बोझले गर्दा हल्का कम्जोरीको पनि आश्वासन हु“दो रहेछ । त्यसैले हल्काफुल्का आराम र चुस्ती आभाष गर्न गनथने संसारले विश्राम पनि दिएछ । त्यसैले शीतल आभाष र आनन्द पाउन छुट्टै संसार खोज्न थाले । तर त्यसो गर्न नहुने आदेश यी ठाडा कानले पाएपछि , नमस्कार गरी पालना गर्न तर्फ लागे । हुन त वस्तुपरक समाजले के नै शान्ति दिन सक्थ्यो र, यो कठोर मनलाई । यसै क्रममा यो संसारले पुनः मेरो परिक्षा लिन खोजेको जस्तो लाग्यो । पूरै व्यवहारीक भनौं कि लालाहित देहः एउटा चुनौतिको लागि तयार हुदै थियो । यही क्रममा एउटा छोटो यात्रामा ओर्लिन पुगेछु । थाहा छैन जानेर हो कि करलेः यो यात्रामा ढकेलिएको छु भनेर । समय, वस्तु र समाजस“ग रुमल्लिएर यात्रा गर्दैछु । यात्रा शुरु भएको छ …………

ओहो, कस्तो कठोर यात्रा हो । कुन पो भीडमा अड्काई छाडेको छ समयले । समय रोकिएको छ – वस्तुहरु आङ्खनै व्यस्ततामा छन् ,समाज पनि ओझेलमा परिरहेको छ । तर त्यो सारा भीड क्षणिक खुशीमा अल्झिएको छ । यो यात्रा कुनै हालतमा पनि पुरा गर्नु नै थियो मैले , त्यसैले अगाडि बढ्ने काशिश गरे । त्यत्रो जमातमा जसो–तसो समयलाई साक्षी राखी अगाडि बढें …
माथि आकाश पनि नीलोबाट कालो हुने क्रममा रहेछ । त्यो जमातको नजरः र कालो आकाशको नजर अचानक मतिर पर्न गएको रहेछ । जुन “उनी” शब्द शब्दकोषबाट हटाएको थिए, त्यो शब्दकोष आज इन्टरनेटले हो कि कुनै माध्यमबाट हो फेरि अप्डेट भएछ । कालो आकाश र हुल जश्मदित गवाहा बनेछन् ःजसले मलाई र “उनीलाई” लगभग कतिआंै मसान्तपछि स“गै देखेछन् । त्यत्रो जश्मदित गवाह र स्वयम “उनी” पनि चेतित रहेछन् मेरो अस्तित्वबाट । तर म भने रोकिएको समयलाई साक्ष्ँी मानी यात्रामा तल्लिन भएको थिए । अगाडि–पछाडि, यता–उता एवम् समाजको पर्वाह नै छैन । “उनी” त्यस बखत मेरै नजिक रहेछिन्, तर खोइ यो हृदयलाई पत्तो थिएन । उनको हरेक श्वास,गति र भावनाको चेतना भएको “म” मानिसलाई आज कुनै पत्तो नै थिएन । केवल अगाडि बढें र म आफ्नो गन्तव्यमा पुगें । तब बल्ल घडीको सुई काम गर्न थाल्यो र समय पुनः चलनचल्तिमा आयो । त्यत्रो हुल र जमात अहिले त बिल्कुलै गायब छ । बाँकि छ त केवल कालो आकाश…….

हल्का सञ्चो भएको महसुस भएर अनुहारमा एक थोपा पानी हाले । सो एक थोपाले मेरो अनुहारको नयनमा स्र्पश ग¥यो । त्यसपछि ऐना आफै उडेर मप्रति आयो अनि सो कालो आकाशलाई र मेरो नयनलाई दाज्न लाग्यो । यतिकैमा सारा जश्मदित गवाह उपस्थित भए र मैले हाम्रो अनौठो भेटको बारेमा सुइँको पाए । यो मन एकदम भारी भएर आयो र मेरा नयनले कालो आकाशलाई अणु पठाएझैं गरी भयङ्कर वर्षाको आदेश दियो । कालो आकाश भिषण वर्षा भई निलो हुने क्रममा छ । यही क्रममा पुनः मैले ऐना हेरें । त्सपछि पो थाहा पाएछु त्यो त वर्षा रहेनछ भनेरः ती त मेरा नयनको अनमोल आशु पो रहेछन् । मैले यसलाई रोक्ने प्रयास गरिन र मन हल्का नभइन्जेल आशुको बलिदान दिए ।

अन्ततः आशुको धारा मलिन हुदै गयो । चारैतिर चिसोको अनुभुति भयो र म एकै पलमा एउटा सोचको दुनियामा लडें ।
मैले मेरो “उनी” संगको बिछोड पछिको दुनिया र भौतिक संसारको बारेमा सोच्न थाले । उनीसंग बिछोड हुनु अघि मसंग केही थिएन…सुख त थियो तर दुःख र सुख नभई असल जीवन नहुने रहेछ । उनीसंगको बिछोड पछि , एउटा व्यवहारीक र जिम्मेवार जीवनको पनि थालनी गरे । हल्का उन्नति–प्रगति गरें र जीवन जीउनुको तथ्य पनि जाने ।

( एउटा भावनाले धनी मान्छे, बिछोड पछि सबैकुरामा धनी हुन पुग्यो । यो बदलिदो समाजमा विभिन्न किसिमका चुनौतिलाई आत्मसाथ गर्न सक्ने क्ष्ँमताको विकास भएको छ । । आºनो खुट्टामा अडिक भई देशको सेवा गर्न सक्ने भएको छ । सायद यसैले नै होला ऊ प्रति आज मात्रृभूमिले पनि गर्व गरेको छ ।)

भैतिक संसारमा सुखको प्राप्तिपछि मात्रृभुमिले मलाई फेरी थप खुशी प्रदान गर्ने निर्णय लिनुभएको रहेछ । मलाई उक्त यात्रामा पठाई ,अन्त्यमा पुनः मेरा भाव,माया एवम् आत्मिक पक्षको पुर्नजागरण भएछ । एउटा कट्टर भौतिकवादीलाई पुनः आत्मिक पक्षको पुर्नजागरण गराईदिएर उसलाई हरेक पक्षबाटै बलियो बनाइयो ।
तब बल्ल वास्तविक जीवनको अस्तित्व थाहा पाए र सो जीवन नया हर्ष,जोश ,कर्म एवम् निष्ठाकासाथ जिउने अठोट लिए मैले । अन्ततः पुन उनलाई मैले आºनो सारा भावना एवम् प्रेम–प्रस्ताव राखिदिए ।

(मौसम पुनः परिवर्तन भई रम्ने क्रममा रहेछ । अचानक वसन्त ऋतुको माधुर्यता चारैतिर फैलिएको जस्तो लाग्यो । रातो घाम उदाएर नयाँ बिहानीको किरण मेरो लगायत सम्पूर्ण प्राणीको जीवनमा छाएको अनुभूती हु“दैछ । चारैतिर हरियाली,रमाइलो ,खुशीयाली, ठाउँमा जिम्मेवारीको वहनले यो जीवनको नक्सा फेरिएको छ ।)

यसरी वास्तवीक खुशीको अनुभूती पाए । बेलुकीपख प्रफुल्लित मुद्रामा कोठामा बसी ल्यापटप अन गरें । धन्य रहेछु म, उनलाई पनि अनलाइन भेटें । तर आज त उनी नै मलाई कुर्दै बसिरहेकी रहेछिन् ।
अचानक मेरो ल्यापटपको एल सी डी स्क्रीनमा इलेक्ट्रोन एक अर्कासंग जिस्किएर नाच्न थाले । मेरो प्रस्तावको उत्तर, आज मेरो पहिलो क्वान्टम कम्प्युटरको क्यु बिट मार्पmत एस् भएर आएको छ ।
यो मन साहै्र नै प्रफुल्लित छ आज र हर्षको सिमा छैन् ।

(यसरी एउटा अव्यवहारिक प्राणीको नयां जीवनको शुरुवात भएको छ र उसले आफ्नो मायाको साथसाथै जिम्मेवारीको पनि महसुस गरेको छ । कहिल्यै नमेट्निे गन्तव्य र यात्रामा फ्रि तल्लिन हुन थालेको छ । आशा गरौं, उसले अब जीन्दगी खुशी, रमाइलो एवम् हर्षकासाथ बिताओस् )


Leave a Reply

Recent Comments

    March 2016
    S M T W T F S
         
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  

    Archives

    Categories