Daily Archives: March 16, 2016

  • 0

Love-Letter

Category : Articles

“यो धर्तिमा पैला टेक्दा…साथ मैले कोखमा पाएछु

जीवनको  यात्राम बग्दा तिमीलाई यो मनमा सजाएछु”

(एकदम कठिन्युक्त यात्रा पछि…यस धर्तिमा पाइला टेकेकोछ यो सिमनले… )

( “भन्छन्, ठुलो हुरी सँग यहाँ मेरो जन्म भयो……

नर्स को स्पर्स पाउदा उनको अप्रोन गिलो बनाएछु……

तर जे होस साथ खोज्न आखिर कोखमै सिकेछु…

सबैको मिठो साथ पाई रमाउन थालेछु…”

“ बिस्तारै बढ्दै गरेको बालक भन्न थाले मलाई…

त्यस्पछी शिशुस्याहार को हावा खान थालेछु……

चिन्दै नचिन्ने मान्छेको स्याहर पाउन थालेछु…

जसो तसो देखाउनलाई रमाउन थालेछु ”

गजल अलि बढी र नमिलेको जस्तो लाग्यो होला… अब सुन मेरो शब्दको लहर्… ।

सानै उमेर मा शिशुस्याहार हलिदिनु भएछ… त्यही पनि केहि सन्कोच मबाट बिस्फोट हुन पाएन…लुखुर लुखुर पढ्न थले… । गुरुले पनि घोकाउन थाले…

जीवन पनि कुमालेको चक्रझै बढ्न थाल्यो……

“ यती सृस्कन्दे …छन्द बिगार्दे… गाली नगर्नुहवोस माहात्मे… बाल्यकालको यती कुरा मात्र समेटे…अब अगाडी बढे……”

मिर्मिरे बिहानि, क्षितिज, चम्किलो रात्, ऋतु, उताराइण, दिशा, समय, स्थान, मानिस (धेरै भयो क्या हो हेहे 🙂 नहास् है आदि, etc )  सबै आफ्नै गतिमा परिवर्तन नियाल्दै छन्……यही क्रममा मेरो पनि २ बर्ष को पृथिवी प्रवेश अब थप १५ बर्ष forward भएको छ……हो अर्थात्  १७ बर्षे अल्लारे थिटो भन्छन क्यारे मलाई………

एउटा कुरा थाहा छ???

“रातो घाम झुल्किएको बिहानीलाई सोध…

म कती अल्लारेछु साथीहरुलाई सोध…”

( के गर्नु भाको कुरा बोल्छु……साचो बाहेक केहि बोल्दिन)… गीता,पुजा, अर्चना,आराधाना,प्रसम्शा आदिको कसम खानु पर्दैन…सत्य धरो धर्म…

यस्तो सुन्न रुचाउने म… आफुमा हसिलो, रसिलो र कसिलो जोशले भरिएको एक कुशल भनम या (सबैले भन्ने गरेका) handsome नाजवान…बिभिन्न रोचक्,घोचक एवम चोटक काम गर्न रुचाउछु…तर समयले ताक परे तिवारी नत्र गोतामे बनाइदेको छ…यस प्रती म एक्दम गम्भिर छु… सायद थर पनि गौतम परेको भएर होला… र कहिले कही सोच्ने गर्थे…गौतम …कुनै दिन यो TITLE कोइ बिशेषलाई पनि दिनेछु… ।

चिसो कठ्याङरिधो जाडो जसो तसो पार हुँदै छ…बिस्तारै वसन्त हामीमाझ लम्कदै छ…त्यो हाम्रो कक्षाको  हाउडे वसन्त होईन है फेरि…(spring बसन्त)…

कुरा हो ६८ सालको……वसन्त पञचमी हो कि के पो हो कुन्नि…… मन्दिरमा त्यती वास हुँदैन … र पन्डितको सँगत भाको तथ्य तथा रेकर्ड  छैन (तर  जनै(मेरो  license) चाही सधै लाएर हिड्छु )…  एह साची सरस्वती पुजा को दिन्… हुन त अरु जस्तै म पनि अरु नै सरस्वती को दर्शन गर्न आएको थिए…तर कालान्तर मा कुन्नी कुन (angle of 3 DIMENSIONAL STEREOTROPIC VISION)  बाट मेरो नजर तिमी माथि पुग्न गएछ…

त्यसपछी त “बसमा छैन मेरो मन …बढ्छ झन झन मेरो धड्कन ” गीत बज्न थाल्यो……बज्न त बज्यो…तर  loadshedding मा पनि बज्यो क्या…अचम्मित थिए !!! ठिटाहरुले मलाई भने- “अहिले एउटा देखिस् , त्यो भन्दा च्वाँक देखेपछी झन तिरमिराउलास” तर मेरो त मनको घन्टी ढ्याङ्गै बजिसकेछ ! जिन्दगीमा केटीहरुसँग बोल्ने गरेको र उनीहरुको बारेमा सोच्ने गरेको थिएन……त्यो दिन तिम्रो दर्शन पाएर ममा त पुरै युगान्तकारी परिवर्तन भएछ!!!

(या भनम एक्दम bindas.com) बेलुकी (लुकेर खिचेको तिम्रो तस्विर) हेर्दै बसिरहेको थिए… तिम्रो त्यो मधुर मुस्कान ! कल्कलाउदो जीउडाल!! मृगनयन!!  हरिणको चाल!!! जती बयान गर्न खोज्छु त्यती शब्द नै हराउछ | यती थाहा छ कि , यो मन ले सोचेको रोजेको र खोजेको तिमि नै होउ… बेलुकी फोटो laptopमा हेर्दा-हेर्दै ९ बजेछ…खाना पकाउनै बिर्सिए…

घर बाट फोन पनि आयो ।

“त्यो दिन गाली चाही थुप्रै थुप्रै खाइयो

तर

भोक भन्दा पनि तिम्रो याद चाही मुटुमै गासियो !

मेरो मनले आत्मिक मिलन गरेको पाइयो !!

हेर्द हेर्दै मायाको संसारमा चुर्लुम्मै डुबियो !!!”

अनी थाहा छ ???

(“नाम मेरो सिमन आशी…

हु म हेटौंडा वासी ……

अनि मकर राशी,

बुढाहरुलाई लान्छु काशि

बिसँगतिको कट्टर बिनाशी ”)

त्यो दिन निन्द्रा पनि सायद बिहान ४ बजे तिर लागेछ अनि  ५ बजे रातो घाम सँग नया आशा उमङहरुको वास भएछ… अब केवल एउटा कोसिस छ……

“ कोसिस हो तिमीलाई हरदम पाउने !

कोसिस हो तिमीलाई मन मुटुमा सजाउने !! ”

त्यसपछी तिम्रो खोजी सुरु गरे । सायद मन मिलेको भएर होला … तिमीलाई यो बिशाल नगरीमा खोज्न पनि गाह्रो भएन मलाई…सायद भनम भ्ग्वानकै देन हो । सम्योगवस तिमीलाई टनाटन्(pack) माईक्रोमा भेटे…तिमी वल्लो सिटमा, म पल्लो सिटमा …यतिकै मा मैले… “म छु वल्लो…तिमी छौ पल्लो…Wanna B my chammak challo” भन्न खोजे तर एउटा अजनवी ठानेर गालामा चप्पलको डाम बसाउन चाहिन मैले । त्यसैले रोक्न खोजे मेरा शब्दहरुलाई…यतिकैमा तिमीलाई मैले केटाहरुले ठक्कर दिएर बहिर निस्केको देखे… । त्यही बेला मलाई तिमीलाई भन्दा धेरै असहाय पिडा भयो । रोक्न सकिन ।

“माईक्रो बसबाट सिदै ओर्लिए !

सालेको १० वटा दात झरिदिए !! ”

सम्योग्वस त्यही दिन तिमीलाई बेलुकी घर जादा माईक्रोबस मै भेटे… ती हाउडे केटाहरुले दात पेप्सोडेन्टले माझ्दा रहेछन्…मेरो कडा हातबाट पनि रगत निस्किएको हुँदा bandage गर्नु परेको थियो । तर कसम खन्छु, पिडा भएन । बरु तिम्रो चिन्ता लाग्यो ।

बसमा तिमी र म फेरी वल्लो पल्लो थियम बेलुकी तिर । मैले हात लुकाउन थाले । यतिकैमा तिमीले हात देखेछौ… अनि याद नै होला तिम्रो dialogue… “आफ्नो काम गर्नु नि के हिरो बनेको हो कुन्नी । ठुलो घाउ नै भएछ… कस्तो मान्छे होला ”

( तिम्रो शब्द त्यो नरम ओठबाट कसरी निस्कियो त्यही हेर्न मस्त थिए म…र तिम्रो गाली केहि सुनिन मैले । बरु झन धेरै माया पलायो…)

एसो सोच त… (गर्नु त मलाई तिम्रो के वास्ता…… ) त्यही पनि तिम्रो सोचमा रुमल्लिन्छु…ढल्किन्छु अनि रमौछु…किन होला ? ? ? ? सायद बुझ्छौ होलाउ ।

त्यसै गरी यो मुटुको मुख छैन भन्छन्…त्यही भएर केहि बोल्न सक्दैन… बस बेस्कन ढुक ढुक  ढुक ढुक गर्छ…र यतिकैमा म बुझ्छु कि यो के हो… ।

“ खुसी भए तिमीसँग ,केहि पल बस्न पाउदा

तिम्रो नयनमा छड्के नजर्, लगाउन पाउदा

तिमी सगै लामो अनि मिठो सास फेर्न पाउदा

एकतर्फी भएपनी मन मनै जोडिन पाउदा …”

 

“ त्यस्तो कुनै पल छैन तिम्रो याद नाआओस सम्झदा

देखे केबल तिम्रै अनुहार पुस्तकको पान पल्टाउदा

होश हाराए , दिल लगाए  तिमीलाई आफ्नो छेउमा देख्दा

तड्पिन थाले एक्लिन थाले तिमीलाई मेरो साथमा नपाउदा …”

 

हो अरु सपना थुप्रै छन्… तिमीलाई सजाउने… तिम्रो सपना साकार गरिदिने… खुशी नै खुशीको भन्डार मा रमाउन दिने, पिरतिको डोरीमा पिङ खेल्ने, संसारमा खुशी छर्ने, लोक हितको काम गर्ने… यो सबैकुरामा तिम्रो साथ पाउदा सक्छम रुपले गर्न सक्छु भन्ने मेरो मुटुको पार्टीको धारणा हो ।

अहिले मसँग पैसा छैन, या भनम अहिले तिम्लाई सार खुशी दिन सक्दिन………तर मसँग यती माया सजिएर बसेको छ जस्ले तिमीलाई कुनै कमिको महसुस गराउने छैन… त्यसैले तिम्रो साथको अपेछा गर्दछु ।

“ गुलाफ राम्रो नफुलेमा …काटिदिए भयो……

मलाई मन नपराएमा लभलेटर फिर्ता गरे भयो…

तर यस्तो गरेपछि……

“ होलिजस्तो चाडपर्व अब तिमीलाई खेल्नुपरेमा

मेरो तातो रगत मलाई नै ख्नाइदिए भयो

मलाई मन नपराएमा लभलेटर फिर्ता गरे भयो…”

तिमीले यो पत्र नपाइन्जेल विशाल नदीको एक किनारामा छौ भने म त्यसको  ठीक त्यसको अर्को किनारामा छु र हाम्रो भेट कुनै ठूलो बाढी वा पहिरोले मात्र गराउन सक्छ । र म आशा गर्छु त्यो बाढी वा पहिरो अहिले नै आओस्, र म तिम्रो लागि एउटा असल माझी बन्न सकंजसले तिमीलाई सारा नदी घुमाई खुब मोहित गर्न सकोस्। यदी म व्रह्मा भइदिएको आँखा चिम्लिएर तथास्तुभन्ने यिएँ, त्यही पनि आशा चाहीँ गर्दै बसेछु ।

यत्रो लेटर लेखे…तर I love you लेख्न सकिन… किन भन्दा… म यो शब्द दुबैजनाले प्रयोग गर्ने स्थितिमा मात्र Heartko showrum बाट झिकाउन चाहन्छु ।

 

हजुर को जो मर्जि… सायद यस्तै लेख्थेम हामीले  absent application…… n its my application for a seat in ur heart..Will u???

To be continued…….

 


  • 0

Just a View!!!

Category : Articles

The world is just a mirror where a person needs to reflect and globalize his\her personality. The greatest motto is not the imitation, it’s just the uniqueness among us. So, let’s do something special. And never forget , “Save the best for Last”, you must always preserve your brillaint art and most importantly, never be late on sharing at the right time…


  • 0

पाना पल्टाउदा

Category : Articles

गन्तब्य त के हो भन्दा !!!                – अगाडी बढ्ने पाइलाहरु …

बाटोहरु यहाँ फरक हुदाँ !!!                 – अंगाल्नु पर्ने रास्ताहरु …

मोडहरु अप्ठ्यारो हुदाँ !!!                  – चाहिने फेरी साथहरु …

 

कर्म गरि हिड्ने बेला !!!                   – घुमी हिड्ने हातहरु …

परीछाको घडी आउदा !!!                   – टल्किने ति छायाहरू …

सत्यताको मुस्कान  छर्दा !!!              – दबिने ति आवाजहरु …

 

#कोट्याउदै_छु  शिर्षक रहेको मेरो कविता बाट साभार गरिएको … आज भन्दा ३ बर्ष अगाडी को पाना पल्टाई हेर्दा ….


  • 0

वेदनाको संजाल

Category : Articles

bedana
यो मन आशा एवम् सपनाले भरिएको थियो । जिन्दगीमा केही प्रगति एवम् कुशल कार्य गर्ने मन थियो । कसैको सन्देह, डाढ नगरी जीवन चलाइरहेको थिए । अनुहारमा प्रकृतिको मीठो मुस्कान, बोलीचाली र हाउभाउमा सुगाको गुण, आदिहरुले गर्दा जीवन एउटा वरदान जस्तो लाग्दथ्यो । अन्धकारमय जीवनमा रुमल्लिएर जीवनको अर्थ बुझ्न नसकेकाहरुलाई म स्वयम् आफैंबाट सचेत गराउदथें । टोलछिमेक र बाहिरी, भित्रीमा सबैको प्यारो थिए । साथीभाई र भाइबन्धुमा राम्रो तालमेल थियो । लाग्दथ्यो कि यो संसार केवल मोजगर्ने थलो हो । र त्यसै गरी आफ्ना अघिपछिका सज्जन प्राणीहरुलाई हेर्दा यस संसारमा कुनै नराम्रा पक्षहरु छैनन् जस्तो लाग्दथ्यो । जीवन चलिरहेको छ …………
जीवनको गोरेटे भनेको कहिल्यै नमेटिने गन्तव्य रहेछ । यही क्रममा बिस्तारै हिंड्दा–हिंड्दै पनि काँडाहरुले छोड्दा रहेनछन् । तर यी काँडाहरु नभए जिन्दगीको वास्तविक मजा नहुने रहेछ । यही क्रममा मैले पनि जीवनलाई आभाष गर्न पुगे । जीवनमा सुखको मात्र अस्तित्व नहुने रहेछ । भन्निछ –मानिस बाचिरहनु मात्र पर्छ, उसले जीवनका तीता सत्यहरुलाई रोचक, घोचक एवम् चोटक ढङ्गले हेर्न पाउदछ र सिक्न पनि जान्दछ । त्यसैले बल्ल अब जीवन जिउन थालेको छु…….
यो संसारले परिभाषित गरेको जीवनका गन्थनमन्थनहरु …….. जीवन एउटा खेल रहेछ । जहाँ सुख छरिरहेको हुन्छ र दुखको ढिक्को रहेको हुन्छ । जसले छरिएको सुखलाई आत्मसाथ गर्न जान्दछ, ऊ सबैको प्यारो हुन्छ एवम् मायाले पुरस्कृत हुन्छ । त्यसैले,सानो चीजबाट पनि आन्नद लिई अरुलाई हसाई आफु बाच्ने गर्नुपर्दछ ।”
हि…..यो दृष्टान्तका कुरा नि के गर्नु………

सूर्यले आफ्नो कार्य सकाएर आराम गर्न र भोलि पल्टकोलागि नयाँ बिहानी ल्याउन क्षितिज काटि सकेछ । चारैतिर बैगुनीको संसार जस्तो अन्धकार छाएको छ । त्यसको लागि नेपाल विद्दुत प्राधिकरणलाई मेरो तर्फबाट मुरी– मुरी धन्यवाद दिन चाहन्छु जसले हामी धनी नेपालीलाई थप लोड्सेडिङ्गमा पनि धनी बनाइदिएको छ ।
यता मैदानतिर हिड्ने क्रममा थिए । स–सना जुन्किरीहरुले मेरो नयनको काम गर्दै थिए । अनि बिस्तारै मेरो मनमा पनि चम्किला दीपहरु जल्न लागे । प्रफुल्लित मनले मेरो जीवनको नक्सा कोरेझै लागिराखेको थियो । तर यो अन्जान मनलाई के थाहा, कहा “के हुने वाला थियो भनेर ?………..
यतिकैमा एउटा पदार्थ अनतरिक्षबाट झरेकोे सुइको यी ठाडा कानबाट पाए…
अनि म त कता पो हराउन पुगेछु । कहिल्यै मोहित एवम् लालाहित नहुने मान्छे, कुन्नि के भएको हो ! कतैतिर हराएको छ र प्रकृतिलाई अङ्गालो हाली आराम गर्दै छ ।

यतिकैमा केही दिन मस्तसँग रमाई जीवन चलाएको थियो । जीवन मात्र होइन सुखीमय जीवन ! बेलाबखत दुई हात फैलिन्छन् र मुख खुला हुन्छ । प्रकृतिमा हुर्केका रुखहरु पनि साथसाथै रमाउदै छन् । रुखका पातहरुलाई पनि जवानी चढ्दै छ ,पुराना पातहरु भस्म भई पुर्णजागरणका क्रममा छन् । एउटा छुट्टै दुनियाँ परिकल्पना भइसकेको छ । मनलाई आकर्षित हुनबाट वञ्चित गर्न कुनै बलले पनि सकेको छैन । तर यति सब हुदाँ पनि मनमा आत्मग्लानि एवम् गलत गरेछु भन्ने लागेको छैन । त्यसको सट्टा सुनौलो संसारको परिकल्पना भएको छ ,जहा केवल खुशी मात्र नभई सर्वाधिक खुशीको आभाष गर्न सकिन्छ । के म यसको सागरमा डुब्न थाल्दै छु ?
ओहो ! मेरो जीवनमा युगान्तकारी परिवर्तन हुदै पो रहेछ । आत्मीयसुखको थप अनुभूति गर्दैछु । ऐक्लिक सुखमा “कोही”लाई राख्न पाउँदा यो मन प्रफुल्लित छ । लाग्दछ, स्वर्गको सारा खुशी र रमाइलो मेरो जीवनमा पुरस्कार स्वरुप आएको छ । नयन खुला होस् वा बन्द, त्यसको पर्वाह छैन । ती गाजलु आँखा, गहुगोरो वर्ण, खाइलाग्दो गाला, सर्लक्क परेको च्युडों,के के भनौं …….! शारिरीक रुपमा मात्र नभई हरेक पक्षमा सुख देख्दै छु । एक्लोपन शब्द, शब्दमालामा बस्न लायक छैन भन्ने विचार मनमा खेलेको छ । मेरो संसार बदलिदो छ ………….!

हरेक दिनको शुरुवात उनीबाट गर्न खोज्दछ यो मनले । तीता कुरा एवम् पीडाहरु देख्न छाडेको थुप्रो भइसक्यो । यो संसार कसरी चलिरहेको छ? पत्तो छैन । आफ्नै दुनियाँमा रम्दै छु । निद्राको समय छैन, भोकको पत्तो छैन । कतिले पागल पनि भन्ने गरेका छन्, भन्ने चस्का मेरो कानमा पनि परेछ । हिजो त,तरकारीमा नुनको साटो चिनी पो हालेथिएँ । फेरि एउटै सपनामा झुमेको पाउछु । खोइ के हो के हो …!
यस्ता हलचल ममा भईसके, तर प्रमुख मान्छेलाई नै भनेको छैन । उसको अगाडि जानासाथ हृदयमा कहालि लाग्दो हुरीको वेग चल्न थाल्दछ, अनुहारमा अचानकः द्रूत गतिको मधुरमुस्कान आउँछ । झन् उनी पनि हाँसिदिएपछि त, के भनौं ……………..! सारा संसार नै कायल एवम् घायल हुन्छन् उनलाई देख्नासाथ । सोच्दै छु, जीवन शुरु भयो भनेर …!

बिस्तार–बिस्तारमा सम्बन्ध अलिक गाढा हुँदै गयो । उनीबाट नै आफ्नो हृदयको धड्कन शुरु हुन्छ र उनलाई नै “नेचुरल पेसमेकर” मानी सकेछु । झन् यो विज्ञान् र प्रविधिको त मुख्य योग्दान छ । फोन गर्ने हिम्मत नभएपनि फेसबुक वा मिग३३ गर्यो , क्षणिक खुशीमा रमायो । शुरुमा त हाई, हेलो जान्छ, अनि त कुरा नै सकिन्छ । ओहो किन गफ नआएको भन्दै आफैलाई गाली गर्न थालिन्छ । त्यसपछि अन्य नै हावा वा बेमतलबी कुरा गरी Hehe गर्दै ताल न सुरको गफमा भुलिन थालिन्छ । ओहो, facebook, Twitter र mig33 को प्रसंङ्ग त झण्डै बिर्सेको । ओठ निर्चदा दूध आउने उमेरमा खुब जोश र जागर चढेको छ । Facebookमा त अझ नयाँ–नयाँ Status र Twitter मा Tweet गर्दै आनन्द लिइन्छ । झन् हातमा camera भएपछि त facebookमा फोटो कारोबार शुरु हुन्छ । यसो नौटंकी फोटो राखी उनलाई देखाउने प्रयासमा लागिन्छ । अब Mig33 को त कुरै नगरम,बिहान उठेदेखि बेलुकि नसुतेसम्म । जे–होस् माध्यम चाहिं गतिलै छ ।

बदलिंदो समयमा बदलिदो परिस्थिती आउनु त स्वभाविकै रहेछ । अब भने प्रकृतिमा रमेका रुखहरुले आँशु झै पातहरु झर्न थाले । हलुका चिसो बढेको अनुभूति हुँदै थियो । तर जीवनमा त न्यानोपन एवम् आत्मियता झल्किई सकेको थियो र त्यस्ता बाहिरी संसारप्रति वास्ता घट्दै जाने क्रममा थियो । दिनदिनै मनमा भएका कुरा व्यक्त गर्ने भोक बढ्दै जान थाल्यो र पखाईको दुनिया शुरु भयो ।


प्रकृति उजाड भए पनि राम्रो लाग्दै छ । अनुहारमा मधुरमुस्कान हरदम रहन्छ । फेरि यस्ता कुराहरु आफूभन्दा ठुलाले थाहा पाउलान् कि भन्ने, कत्रो डर । यस्तै क्रममा आफूलाई खोइ कुन्नि, के के हो के-के संग दाज्न थालिन्छ । तर बिस्तारै बिस्तारै मनमा विभिन्न तरङ्गहरु चल्न खोज्दछन् । एकचोटि मनमा दबिएको आवाज प्रस्तुत गर्न पाएः सुनमा सुगन्ध झैँ हुन्थ्यो जस्तो लाग्छ । तर यही क्रममा, आफूमा भएका नराम्रा गुणहरु यो मस्तिष्कले कहाँकहाँबाट सोच्न थाल्दछ । तसर्थ मनमा ज्वालामुखिको जस्तो वेग चल्न थाल्दछ । तर कसलाई के थाहा कि, यो एकतर्फे सञ्जाल हो भनेर ।
बिस्तारै बिस्तारै आफू कम्जोर भएको जस्तो लागिरहेको छ । आफूसरहको मित्रले पनि आफ्नो कुरा बुझ्दैनन् ,उनीहरु आफूलाई खुब टर्पटु¥या झैँ अगाडि बढाउन खोज्दै छन् । त्यसैगरी मेरो बारेमा विभिन्न हावा कुरा लगाई भाड्ने काम गर्छन् । यसै क्रममा मैले मानिसको चरित्र एवम् प्रकृतिकोबारेमा राम्रोस“ग जान्न पाए । मानिसमा हुने फरक एवम् स्वार्थको खुलारुपमा दर्शन पाए । असल मित्र ठान्नेहरुले पनि मलाई तल्लो देखाउने प्रयासमा एकजुट हुन लागे । अनि बिस्तारै होश र जोशको आवेगमा आई शन्तुलन गुमाउन पुगे । सो टर्पटु¥याहरु मौकामा टेढिएर धेरै माथि पुगिसके छन् । म चाहिँ आफूलाई कालीगण्डकीको ढुङ्गा झैँ दाज्न थालेंथे । तर उक्त स्थानमासमेत धोका पाए … एक्लिएको अनुभव हुन थाल्यो ।
यी सब कुराले मेरो मनमा भयङ्कर अग्लो पहाड बनिसकेछ । यी कुरा उनलाई भनौ कि नभनौ भएको छ । तर यो भनेर आफूलाई उनकोसामू तल पार्न सक्दिन । मस्तिष्क र हृदयबीच द्वन्द चर्किन थालेको छ । थप समस्या नहोस् भनेर मनमा उनीप्रतिको सम्पूर्ण भावनाहरु प्रकट गर्ने मानसिक्ता बनाए । र एकदिन यसको हिम्मत जुटाए …….
बाहिर सिमसिमे पानी पर्दै थियो , तर तयो मुसलधरे वर्षामा परिणत भएछ ।

न्यानो खाटमा सुती, ल्यापटप खोली अनलाईन बसे … भाग्यवस्….. उनीसग भेट भयो । मनले चाहेको हरेक कुरा प्रकट हुन थाल्यो । चैत्र २२ को हुरीले मेरो ठाडो कान हल्लाउदै थियो । तर पनि हिम्मत जुटाएर एकदम श्रद्घा एवम् चाहनाको साथ प्रस्ताव राखिदिए ….. एकछिन लाग्यो कि, अचानक घाम उदाउन थाल्यो भनेर । तर………
खोइ के भएको यो । पारी डाँडाबाट काला बादलका लस्करहरु मप्रति आउन थाल्दा चारैतिर अन्धकार छायो । पसिना बाल्टिनका–बाल्टिन झर्न थाले । … र ल्यापटपको कालो स्क्रीनमा इलेक्ट्रोन आएर क्याथोड्-रे टयुबसँग ठोकिई एउटा ठूलो जवाफ आयो । एकै झट्कामा त्यो जवाफ पढें ।
मुस्लधारे वर्षाले बाहिर बाढी एवम् पहिरो निम्तयाइसकेछ । अचानक ल्यापटपको चार्ज पनि सकिएछ र नपाली लोड्सेडिङ्गले आफ्नो जादू बिखर्दै छ ।
दिउसो २ बजे नै घाम अस्ताएको जस्तो लाग्यो । सिरानी आफै उठेर मतिर आयो । पसिना भनिठानेको पानी त आखाको मुहानबाट निस्किएको आँशु पो रहेछ ।
कतिऔ थोपा आँशु, तप्प तप्प……..

ओहो चैत्र महिनाले पनि घुडा टेकिसकेछ । नयाँ वर्षको चहलपहल लाग्न थालेको छ । जीवनको नया शुरुवात गर्ने अठोट लिई सबै अगाडि बढ्न थालेका छन् ।
ओहो ती टर्पटु¥याहरु फेरी चम्किन थालेका छन् । अरुको अाँखामा छारो हाली, आफूलाई बिक्री गर्ने क्रममा छन् । मलाई वास्ता छैन अब ………..

मनको घाउ निको नभएको नै रहेछ । सधै अनुहारमा मीठो मुस्कान देखिन्थ्यो, तर त्यो अनुहारको मृत्यु भइसकेको छ ।…… समय बित्दै छ ……

बाहिर तातो, न्यानो र रहरलाग्दो चम्किलो घाम उदाइरहेथ्यो । तर मेरो लागि त्यो सूर्यले डाँडो काटीसकेको रहेछ । अन्धकारमय जीवनमा हराउन थाले । उफ् …… के कुरा गर्ने ।
हृदयको पक्षले अझै पनि आशा बोकेको छ । तर मस्तिष्क कठोर बनिसकेको छ । के गरेर यो मस्तिष्क र हृदय दुवैले सुख पाउछ ?
(जीवन चल्दै छ र म यसलाई खुब बझ्ुदै छु…..)
(केही दिनपछि मन कठोर हुनपुगेछ ।)

आज यत्रो हुलमा पनि एक्लो छु जस्तो महसुस भईरहेको छ । लाग्दछ , आज मैले मेरो जीवनका अनमोल र मीठा रसहरुलाई विदा गरे । तिमीसँगको विछोडपछि यो जीवन नै बेवास्ता, बेमतलवी जस्तो लागि रहेछ । यो विशााल, सुन्दर प्रकृति पनि ओइलाएको जस्तो महसुस हुदैंछ । सूर्यले पनि आफ्नो कार्य नगरी अन्तै सुइकुच्चा ठोकेजस्तो लागिरहेछ । यस अन्धकारमय जीवनमा मेरो अस्तित्व भनेको केवल रुमल्लिएर र रोएर बस्ने जस्तो भएको छ । यताउता चारैतिर हेर्छु, हिजोको दिन याद गर्छु, तिमीसँग बिताएका हरेक पलहरु सम्झन्छु तर चिसो वेग आई मेरो मनलाई त्यसले पखाल्दछ र म फेरि अन्जान बनी कुन दुनियाँमा तिमीलाई सम्झ्दिै हराउन थाल्छु । तिमीलाई खोज्न थाल्छु तर तिम्रो कडा बानी व्यवहार सम्झी डराउछु । एकपल लाग्छ, तिमीलाई विदा गर्नु मेरो जीवनको सफलता हो । तर तिमीबिनाको संसारलाई नियाल्दा म एकदमै भावुक हुन्छु ।
यस नयनबाट कतिऔं धारा बग्दछन् । ती धाराले तिम्रो यादको अझ स्पष्टीकरण खोज्न थाल्दछ । म आफैंमा पनि प्रश्न गर्छु र आफूलाई तिमीसामु दाज्न थाल्छु । तर त्यति नै खेर मेरो हृदय चक्नाचुर भई आफूलाई सानो एवम् नीच ठान्दछ । तिम्रो हरेक चालचलन, बानी व्यवहोरा अगाडि मेरो अस्तित्व बेकार लाग्दछ । तिमी रम्दाखेरि यो प्रकृति कति मजासँग चल्दथ्यो । हरेक पदार्थले तिमीबाट केही सिक्न खोज्दथ्यो । र म पनि यिनैहरुसँग मिलि तिमीलाई पछ्याउन थाले । तर कस्तो विड्म्बनाले गर्दा मैले तिम्रो साथ पाउन सकिन । यसो हेर्दा मेरो मन नरोएको होइन, आशँु नझरेको होइन । बेलाबेलामा लाग्दछ कि, यो जीवन तिमीलाई समर्पित गर्न नसक्दा यसको अस्तित्व नै छैन भनेर । तर पनि यो संसार चलाउन, तिम्रो गुणगान गरेर हरेक जीवजन्तुमा एउटा अमर सङ्कल्प फैलाउदै जीवन बिताउदै छु । र अब सायद कुनै किसिमको काल आए पनि मलाई फरक पर्दैन । मैले तिमीलाई पाउन नसके पनि, यो जीवन हमेशा तिम्रोलागि नै बनेको छ । तिम्रो यादबिना मेरो आत्मामा चेतना भरिंदैन । मेरो यो चोखो माया कहिल्यै मर्ने छैन । हाम्रो मिलन यस जीवनजगत् मै नभए पनि मेरो प्रेमको तागतले अब कोही पनि अधुरो र एक्लो बस्न नपरोस् भन्ने सङ्कल्प राख्दै यस आत्मालाई मुक्त बनाउन चाहन्छु ।

(एउटा सोझो, आफैमा रमाउने व्यक्ति, यसरी पागलप्रेमीको रुप धारण गर्दछ ।) जीवन हेर्दै जानुहोस् ……..


(उनको अस्तित्वलाई आफूमा अमर राखी जीवन बिताउने क्रममा थिए । तर कुन्नि के भयो….. सकिन । आफूलाई एक्लिएको महशुस गर्न थाले … अनि त यो मनमा शुरु हुन थाले विचारका द्वन्दहरु ….)
हे आज थाहा पाए, कति टुटिसकेछु भनेर । कतिऔं सिरानी आँशुले भिजिसकेछ भनेर र यो मन एक्लि सकेछ भनेर । हरेकदिन एउटा आशाको किरणको प्रतिक्षामा बस्दथे । तर यो आशा निराशामा बदलिएको पत्तो थिएन । तर आज कुन मनको विरहले गर्दा मेरो होश र सिमा केही रहेन । कुन्नि के को आवेगमा आए । तर फेरी पछि सोचे, यो त आवेग होइन चेतना नै रहेछ । यो चेतनाको विकिरणले मेरो जगत्मा स्थान खोजि रहेको रहेछ । सब तिम्रो बानी–व्यवहोरा, म प्रतिको आस्थालाई नियाल्दा खेरि मनले डाँको छोडेर रुन खोज्यो, तर अब चेतनालाई आÏनो जीवनमा हस्तानतरण गर्ने बिचारस मैले गरिसके जस्तो लागिरहेछ । आज जीवनको अन्तिम एवम् संवेदनशील घडीमा छु । अब कसैकसैबाट आशा नभए पनि यस कार्यबाट निकै नै आशा गरेको छु । खोइ कर्मअनुसारको फल पाइन्छ भन्ने कुरा त तितो सत्य नभई तितो झुठो भैँ लाग्छ । तै पनि हेरौं यस दुनियामा एक्लो एवम् पछि परेकोलाई समाजले कतिको स्वीर्काछ एवम् कतिको सफलता र सुखी दिन्छ । त्यसैले अब एकदम नयाँ संसार परिकल्पना गर्न जा“दैछु । यो नयाँ संसारमा तिम्रो अस्तित्वको बारेमा मलाई नै थाहा छैन । यदि मनले सुइको पायो भने मनको ग्रह शान्ति हुनेथ्यो ।
“तिमी विशाल नदीको एक किनारामा छौ भने अहिले म ठीक त्यसको अर्को किनारामा छु र हाम्रो भेट कुनै ठूलो बाढी वा पहिरोले मात्र गराउन सक्छ । तर म आशा गर्छु त्यस्तो कुनै बाढी वा पहिरो कहिल्यै नआओस्, बरु त्यसको सट्टा तिमीलाई एउटा असल माझी मिलोस् जसले तिमीलाई सारा नदी घुमाई खुब मोहित गर्न सकोस्” । यदी म व्रह्मा भइदिएको आँखा चिम्लिएर “तथास्तु” भन्ने यिएँ, त्यही पनि आशा चाहीँ अव्श्य गर्ने छु । ”
भयो फेरि यहि कुरा दोहो¥याउन चाहन्न ।
( अब प्रतिक्षा गर्दछु ………………………………..)

आखिरमा जीवन नै त हो । …….. चल्ने रहेछ (पिडा लुकाएर भएपनि) । तर मानिस गतिशिल पात्र रहेछ यो संसारमा । ………..

यहि क्रममा, एउटा नयाँ फड्को मार्ने हिसाबले मैदानमा ओर्लिएको छु । अब त साथदिने मित्रको सोच, सपनामा पनि आउ“दैन । लाग्दछ, बलियो भएको छु भनेर । टर्पटु¥याहरुलाई अझै पनि भेटिन्छन् तर कुनै वास्ता एवम् फिकर छैन । म सोच्दैछु “मैले जानेका कुराहरु सबै यो संसारले जानेको छ र मैले नजानेको कुराहरु पनि यस संसारले जानेको छ भनेर” जसले मलाई अगाडि बढ्न सिकाइरहेछ र घमण्डबिनाको संसार परिकल्पना गर्न सिकाएको छ ।” त्यसैले यो द्रूत गतिमा चलिरहेको संसारसंग हातेमालो गर्न तत्पर भएको छु…………।

बदलिदो मौसम , बदलिदो व्यवहार,बदलिदो दृष्टिकोण र बदलिदो सम्झौता हाबि हुदै गएको छ । मानिसहरु क्षणिक खुशीमा रमाउ“दै छन् । सपना र लक्ष्य निष्पक्ष आभाष गर्न खोज्दैछन् ।
तर मलाई थाहा छः “अनजान प्राणीले बाटो भुलाएझै” यो बैगुनी संसारमा मैले पनि आफनो विततका कुराहरु भुलाएर अगाडि बढ्दै छु भनेर । मौकामा टेढिनेहरुले बरु दुनिया हल्लाउन थाली सके तर जानीसके मैले पनि यो काँडा नै काँडा भएको संसारमा जिउन । म पनि टेढिन खोज्दै छु । एउटा हातमा चुनौति, अर्को हातमा अर्जुनको निशाना जस्तो अडिक पात्रहरु लिई, म पनि उर्लिए यो नया“ मैदानमा ……..
पहिलेको जीवन र अहिलेको जीवन नियालेर हेर्दैछु । पहिले व्यक्तिगत स्वतन्त्रता , अटलताको जिन्दगीलाई सम्झदै यो शीर ठाडो हुन्छ । तर अहिलेको गुलामी र चाकरीको दुनियाँमा भने उन्नति–प्रगति पाउ“दै छु । मच्चिएको पिङ्गजस्तै चल्दै छ जीवन ।

जीवनको व्यस्तता र सफलताको अलिक बोझले गर्दा हल्का कम्जोरीको पनि आश्वासन हु“दो रहेछ । त्यसैले हल्काफुल्का आराम र चुस्ती आभाष गर्न गनथने संसारले विश्राम पनि दिएछ । त्यसैले शीतल आभाष र आनन्द पाउन छुट्टै संसार खोज्न थाले । तर त्यसो गर्न नहुने आदेश यी ठाडा कानले पाएपछि , नमस्कार गरी पालना गर्न तर्फ लागे । हुन त वस्तुपरक समाजले के नै शान्ति दिन सक्थ्यो र, यो कठोर मनलाई । यसै क्रममा यो संसारले पुनः मेरो परिक्षा लिन खोजेको जस्तो लाग्यो । पूरै व्यवहारीक भनौं कि लालाहित देहः एउटा चुनौतिको लागि तयार हुदै थियो । यही क्रममा एउटा छोटो यात्रामा ओर्लिन पुगेछु । थाहा छैन जानेर हो कि करलेः यो यात्रामा ढकेलिएको छु भनेर । समय, वस्तु र समाजस“ग रुमल्लिएर यात्रा गर्दैछु । यात्रा शुरु भएको छ …………

ओहो, कस्तो कठोर यात्रा हो । कुन पो भीडमा अड्काई छाडेको छ समयले । समय रोकिएको छ – वस्तुहरु आङ्खनै व्यस्ततामा छन् ,समाज पनि ओझेलमा परिरहेको छ । तर त्यो सारा भीड क्षणिक खुशीमा अल्झिएको छ । यो यात्रा कुनै हालतमा पनि पुरा गर्नु नै थियो मैले , त्यसैले अगाडि बढ्ने काशिश गरे । त्यत्रो जमातमा जसो–तसो समयलाई साक्षी राखी अगाडि बढें …
माथि आकाश पनि नीलोबाट कालो हुने क्रममा रहेछ । त्यो जमातको नजरः र कालो आकाशको नजर अचानक मतिर पर्न गएको रहेछ । जुन “उनी” शब्द शब्दकोषबाट हटाएको थिए, त्यो शब्दकोष आज इन्टरनेटले हो कि कुनै माध्यमबाट हो फेरि अप्डेट भएछ । कालो आकाश र हुल जश्मदित गवाहा बनेछन् ःजसले मलाई र “उनीलाई” लगभग कतिआंै मसान्तपछि स“गै देखेछन् । त्यत्रो जश्मदित गवाह र स्वयम “उनी” पनि चेतित रहेछन् मेरो अस्तित्वबाट । तर म भने रोकिएको समयलाई साक्ष्ँी मानी यात्रामा तल्लिन भएको थिए । अगाडि–पछाडि, यता–उता एवम् समाजको पर्वाह नै छैन । “उनी” त्यस बखत मेरै नजिक रहेछिन्, तर खोइ यो हृदयलाई पत्तो थिएन । उनको हरेक श्वास,गति र भावनाको चेतना भएको “म” मानिसलाई आज कुनै पत्तो नै थिएन । केवल अगाडि बढें र म आफ्नो गन्तव्यमा पुगें । तब बल्ल घडीको सुई काम गर्न थाल्यो र समय पुनः चलनचल्तिमा आयो । त्यत्रो हुल र जमात अहिले त बिल्कुलै गायब छ । बाँकि छ त केवल कालो आकाश…….

हल्का सञ्चो भएको महसुस भएर अनुहारमा एक थोपा पानी हाले । सो एक थोपाले मेरो अनुहारको नयनमा स्र्पश ग¥यो । त्यसपछि ऐना आफै उडेर मप्रति आयो अनि सो कालो आकाशलाई र मेरो नयनलाई दाज्न लाग्यो । यतिकैमा सारा जश्मदित गवाह उपस्थित भए र मैले हाम्रो अनौठो भेटको बारेमा सुइँको पाए । यो मन एकदम भारी भएर आयो र मेरा नयनले कालो आकाशलाई अणु पठाएझैं गरी भयङ्कर वर्षाको आदेश दियो । कालो आकाश भिषण वर्षा भई निलो हुने क्रममा छ । यही क्रममा पुनः मैले ऐना हेरें । त्सपछि पो थाहा पाएछु त्यो त वर्षा रहेनछ भनेरः ती त मेरा नयनको अनमोल आशु पो रहेछन् । मैले यसलाई रोक्ने प्रयास गरिन र मन हल्का नभइन्जेल आशुको बलिदान दिए ।

अन्ततः आशुको धारा मलिन हुदै गयो । चारैतिर चिसोको अनुभुति भयो र म एकै पलमा एउटा सोचको दुनियामा लडें ।
मैले मेरो “उनी” संगको बिछोड पछिको दुनिया र भौतिक संसारको बारेमा सोच्न थाले । उनीसंग बिछोड हुनु अघि मसंग केही थिएन…सुख त थियो तर दुःख र सुख नभई असल जीवन नहुने रहेछ । उनीसंगको बिछोड पछि , एउटा व्यवहारीक र जिम्मेवार जीवनको पनि थालनी गरे । हल्का उन्नति–प्रगति गरें र जीवन जीउनुको तथ्य पनि जाने ।

( एउटा भावनाले धनी मान्छे, बिछोड पछि सबैकुरामा धनी हुन पुग्यो । यो बदलिदो समाजमा विभिन्न किसिमका चुनौतिलाई आत्मसाथ गर्न सक्ने क्ष्ँमताको विकास भएको छ । । आºनो खुट्टामा अडिक भई देशको सेवा गर्न सक्ने भएको छ । सायद यसैले नै होला ऊ प्रति आज मात्रृभूमिले पनि गर्व गरेको छ ।)

भैतिक संसारमा सुखको प्राप्तिपछि मात्रृभुमिले मलाई फेरी थप खुशी प्रदान गर्ने निर्णय लिनुभएको रहेछ । मलाई उक्त यात्रामा पठाई ,अन्त्यमा पुनः मेरा भाव,माया एवम् आत्मिक पक्षको पुर्नजागरण भएछ । एउटा कट्टर भौतिकवादीलाई पुनः आत्मिक पक्षको पुर्नजागरण गराईदिएर उसलाई हरेक पक्षबाटै बलियो बनाइयो ।
तब बल्ल वास्तविक जीवनको अस्तित्व थाहा पाए र सो जीवन नया हर्ष,जोश ,कर्म एवम् निष्ठाकासाथ जिउने अठोट लिए मैले । अन्ततः पुन उनलाई मैले आºनो सारा भावना एवम् प्रेम–प्रस्ताव राखिदिए ।

(मौसम पुनः परिवर्तन भई रम्ने क्रममा रहेछ । अचानक वसन्त ऋतुको माधुर्यता चारैतिर फैलिएको जस्तो लाग्यो । रातो घाम उदाएर नयाँ बिहानीको किरण मेरो लगायत सम्पूर्ण प्राणीको जीवनमा छाएको अनुभूती हु“दैछ । चारैतिर हरियाली,रमाइलो ,खुशीयाली, ठाउँमा जिम्मेवारीको वहनले यो जीवनको नक्सा फेरिएको छ ।)

यसरी वास्तवीक खुशीको अनुभूती पाए । बेलुकीपख प्रफुल्लित मुद्रामा कोठामा बसी ल्यापटप अन गरें । धन्य रहेछु म, उनलाई पनि अनलाइन भेटें । तर आज त उनी नै मलाई कुर्दै बसिरहेकी रहेछिन् ।
अचानक मेरो ल्यापटपको एल सी डी स्क्रीनमा इलेक्ट्रोन एक अर्कासंग जिस्किएर नाच्न थाले । मेरो प्रस्तावको उत्तर, आज मेरो पहिलो क्वान्टम कम्प्युटरको क्यु बिट मार्पmत एस् भएर आएको छ ।
यो मन साहै्र नै प्रफुल्लित छ आज र हर्षको सिमा छैन् ।

(यसरी एउटा अव्यवहारिक प्राणीको नयां जीवनको शुरुवात भएको छ र उसले आफ्नो मायाको साथसाथै जिम्मेवारीको पनि महसुस गरेको छ । कहिल्यै नमेट्निे गन्तव्य र यात्रामा फ्रि तल्लिन हुन थालेको छ । आशा गरौं, उसले अब जीन्दगी खुशी, रमाइलो एवम् हर्षकासाथ बिताओस् )


  • 0

मेरो सोच

Category : Articles

मनोवाद नगर्ने प्राणी पनि होइन म । एक्लो गहिरो सोचमा नपर्ने पनि होइन म । मुटुभित्र रगत बग्छ भनम कि भावनाको लहर । जेहोस् निरन्तर बगिरहन्छ । र सायद यस्तो नहुने मानिस पनि छैनन् होला यो संसारमा । तैपनि के सोचको झरी बग्छ हौ यो कोमल हृदयमा …….. म एकदम नौलो महसुस गर्छु ।
जीवन समुन्द्री लहरझैं अगाडि बढ्ने क्रममा थियो । विभिन्न ठाउंमा हन्डर खाई जीवन लगायत जीवनमा घुलमिल गर्ने तत्वहरुलाई राम्रोसंग चिन्दै र नियाल्दै थिए । उमेर जर्खेना गर्ने हो भने सायद तपाईहरुलाई म सानो बालक लागुला र मेरो कुरा केवल हसिहसाउ गर्ने माध्यम लाग्ला…….तर अहिलेसम्म आइपरेका र भोगेका कुराहरु गुन्द्रुक खादिएझैं खादिएका छन् …..यी सब कराहरुलाई व्यवस्थित राख्ने प्रयास छ मेरो । कसैले मेरो हृदयदेखि बगेको सञ्जाललाई दुषित कहलाएमा पनि म त्यसको विरुद्धमा पनि लाग्न सक्दिन……किन भने एउटा लाचार र परिस्थितिले ठगिएको मानिसको कुरा सुनिदिने अनि बुझिदिने साथै साहारा बनिदिने विरलै हुन्छन् । त्यसैले जस्तोसुकै तपाईंहरुले बुझिदिदां केही फरक त पर्ने छैन….तर पहिले वास्तविक्तालाई प्राथमिक्ता दिनुहुन हार्दिक अनुरोध गर्दछु ।


Recent Comments

    March 2016
    S M T W T F S
         
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  

    Archives

    Categories